Government of Nepal

Ministry of Agricultural Development

Department of Agriculture

Post Harvest Management Directorate

Main Menu

हर्टिकल्चरल चेन म्यानेजमेन्टसम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न


2015-11-30

फलफूल तथा तरकारी बालीमा उत्पादनपश्चात्‌का क्रियाकलापहरू व्यवस्थित ढङ्गले सञ्चालन गरी गुणस्तर कायम राख्ने तथा पोष्टहार्भेष्ट क्षति न्यूनीकरण गर्ने सम्बन्धमा पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालयद्वारा २०७२ कातिक १५ देखि १८ गतेसम्म हर्टिकल्चरल चेन म्यानेजमेन्ट सम्बन्धी प्रशिक्षक प्रशिक्षण (Training of Trainers in horticultural Chain Management) को आयोजना गरियो।

विश्व खाद्य तथा कृषि सङ्गठन FAO को प्राविधिक तथा अर्थिक सहयोगमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटिमा आयोजित उक्त प्रशिक्षणमा पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालयलगायतका निर्देशनालयहरू, विभिन्न जिल्ला कृषि विकास कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू गरी २५ जनाको सहभागिता थियो। यस प्रशिक्षणमा एफएओका तर्फबाट फिलिपिन्स विश्वविद्यालय, लस बानोसका प्राध्यापकद्वय डा. एल्डा इसेगुरा र डा. एड्रलिना सेरानो प्रशिक्षकका रूपमा रहनुभएको थियो।

कार्यक्रममा सैद्धान्तिक कक्षाहरूका अतिरिक्त पोष्टहार्भेष्ट ह्याण्डलिङसम्बन्धी क्रियाकलाप तथा कृषि बजारहरूको स्थलगत अध्ययन-भ्रमणसमेत गरिएको थियो। एफएओ, रिजनल टीसीपी/आरएएस/३५०२ अन्तर्गत सञ्चालित यस प्रशिक्षणबाट प्रशिक्षित प्रशिक्षकहरूले परिचालन गरी काभ्रे तथा धादिङमा हुने तरकारी तथा फलफूलको पोष्टहार्भेष्ट ह्याण्डलिङका क्षेत्रमा कृषक खुद्रा तथा थोक ब्यवसायी ढुवानीकर्ता बजार प्रतिनिधिलगायतका सरोकारवालाहरूलाई प्रशिक्षण दिनेछन्।

पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक शवनम सिवाकोटीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको समापन सत्रमा कृषि विभागका महानिर्देशक डा. युवकध्वज जीसी प्रमुख अतिथि हुनुहुन्थ्यो। आफ्नो मन्तव्य राख्दै डा. जीसीले प्रशिक्षणबाट कृषिवस्तुको उत्पादनोपरान्तका क्षति न्यूनिकरण तथा बजार व्यवस्थापनलगायतका पक्षमा महत्त्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो। उहाँले सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो।

तस्विर हेर्नको लागी यहाँ क्लिक गर्नुहोस ।

सहभागीहरुको नावालीको लागी यहाँ क्लिक गर्नुहोस ।

News & Notices