Government of Nepal

Ministry of Agricultural Development

Department of Agriculture

Post Harvest Management Directorate

Main Menu

बरिष्ठ बाली संरक्षण अधिकृत धाख्वाको विदाई


2015-11-30

पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालयमा लामो समयसम्म सेवा गरी अनिवार्य अवकाश पाउनुभएका बरिष्ठ बाली संरक्षण अधिकृत सुश्री अमिता धाख्वालाई २०७२ मंसिर ८ गते एक समारोहको आयोजना गरी निर्देशनालयका कर्मचारीहरूद्वारा विदाई गरियो।

कृषि सेवाअन्तर्गतको बाली संरक्षण समूहमा आवद्ध रहेर तीन दशकभन्दा बढी समय पोष्टहार्भेष्ट क्षेत्रमै बिताउनुभएका सुश्री धाख्वा मंसिर ९ गतेदेखि नेपाल सरकारको निजामती सेवाबाट अनिवार्य अवकाशमा जानुभएको हो। उहाँले तत्कालीन ग्रामीण अन्न बचाउ आयोजना (यस निर्देशनालयको आरम्भिक स्वरूप) मा २०४० सालदेखि प्रा.स. पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो।

विदाई समारोहमा सुश्री धाख्वाले पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालयमा व्यतीत २५ वर्षे कार्यकालको स्मरण गर्दै आफूले यस सेवाबाट पाएका उपलब्धिहरूप्रति सन्तोष व्यक्त गर्नुभयो।

सो अवसरमा निर्देशनालयका कार्यक्रम निर्देशक शवनम शिवाकोटीले आफूले धाख्वाजीका साथ थोरै समय मात्र कार्य गर्ने अवसर पाए तापनि उहाँको लगनशीलता, अनुसन्धानमूलक कार्यमा रहेको विशिष्ट दक्षता तथा कार्यशैलीबाट प्रभावित भएको जानकारी दिँदै आगामी समयमा पनि उहाँको विशेषज्ञताको लाभ यस निर्देशनालयले पाइरहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम निर्देशक शिवाकोटी, बरिष्ठ वागवानी विकास अधिकृत रिती सिंह, बरिष्ठ कृषि प्रसार अधिकृत महेश्वर तिवारी, बाली संरक्षण अधिकृत धीरेन्द्र झा, बाली विकास अधिकृत उज्ज्वला साहु श्रेष्ठलगायतका कर्मचारीहरूले पुष्पगुच्छा र शुभेच्छाका साथ बरिष्ठ बाली संरक्षण अधिकृत धाख्वाको हार्दिक विदाई गर्नुभएको थियो।

तस्विर हेर्नको लागी यहाँ क्लिक गर्नुहोस ।

News & Notices